Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालप्रति जापानमा व्यापक आशंका व्यक्त भएको छ । क्योदो न्यूजले हालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार ८१ प्रतिशत जापानी नागरिकहरू ट्रम्पको नेतृत्वलाई लिएर ‘आशाभन्दा बढी चिन्तित’ देखिएका छन् ।

सन् २०२५ को जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पप्रति देखिएको चिन्ताको प्रमुख कारण उनका व्यापार नीतिहरू, विशेषगरी उनले लगाएको आयात शुल्क (टारिफ) रहेको सर्वेक्षणले देखाएको छ । चिन्ताको कारणबारे प्रश्न गर्दा ४२ प्रतिशतले ट्रम्पका टारिफहरूले स्वतन्त्र व्यापारमा पर्ने खतरा देखाएका छन् भने ४१ प्रतिशतले उनलाई ‘पूर्वानुमान गर्न गाह्रो हुने’ नेताका रूपमा चिनाएका छन् ।

यसैबीच, अप्रिलको सुरुवातमा ट्रम्पले जापानसहित अधिकांश देशहरूमा लगाइएको ‘पारस्परिक टारिफ’ ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका थिए । तर चीनमाथि थप शुल्क भने कायम राखे, जुन मे महिनामा दुई देशबीच सम्झौता भएपछि कम गरिएको थियो ।

सर्वेक्षणमा ‘आशाभन्दा बढी आशावादी’ रहेको बताएका १७ प्रतिशत उत्तरदातामध्ये ५७ प्रतिशतले ट्रम्पको ‘नेतृत्व क्षमता’को प्रशंसा गरेका छन् भने ३३ प्रतिशतले ‘चीनको बढ्दो प्रभावको प्रतिवाद गर्न खोजेको प्रयास’ लाई सकारात्मक रूपमा लिएका छन् ।

त्यस्तै, दुई देशबीचको द्वन्द्व चर्किनुमा कारण को हो भन्नेबारे सोध्दा ५३ प्रतिशतले चीनलाई जिम्मेवार देखाएका छन् भने ४४ प्रतिशतले अमेरिकालाई दोष दिएका छन् । जापानले चीन वा अमेरिकामध्ये कुनसँग सम्बन्ध प्राथमिकतामा राख्ने भन्ने प्रश्नमा ४७ प्रतिशतले संयुक्त राज्य अमेरिकालाई रोजेका छन् भने ४८ प्रतिशतले दुबैसँग बराबरी सम्बन्ध कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। चीनलाई प्राथमिकता दिनुपर्ने भन्ने मत भने जम्मा १ प्रतिशतमा सीमित रह्यो ।

सन् २०२१ मा जापान0अमेरिका सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने मत ५४ प्रतिशत थियो, जुन सन् २०२२ मा ५३ प्रतिशतमा झरेको थियो ।

टोकियो विश्वविद्यालयको पब्लिक पोलिसी स्नातकोत्तर स्कुलका अन्तर्राष्ट्रिय राजनीतिका प्राध्यापक काजुतो सुजुकी भन्छन्, ‘संयुक्त राज्य अमेरिकालाई रोज्ने र कुनै देशलाई प्राथमिकता नदिने मतदाता संख्या बराबरी हुनु परिवर्तनशील सामाजिक सोचको संकेत हो ।’ यो सर्वेक्षण २०२५ मार्च ४ देखि पत्रमार्फत गरिएको हो ।

तपाईको प्रतिक्रिया