Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ५, २०८२
Sunday, May 18, 2025

काठमाडौं – झन्डै तीन वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्धका क्रममा पहिलोपटक प्रत्यक्ष वार्तामा उल्लेख्य प्रगति भएको छ । टर्कीको मध्यस्थतामा साढे दुई घण्टा लामो वार्तापछि दुबै पक्षले एक-अर्काका एक हजार युद्धबन्दी रिहा गर्ने सहमति गरेका छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०२२ को मार्चपछि पहिलोपटक प्रत्यक्ष संवादमा बसेका रुस र युक्रेनका अधिकारीबीचको यो संवादले युद्धको नयाँ मोड संकेत गरेको छ । रुसले वार्ताका क्रममा युक्रेनलाई आफ्ना केही भूभागहरूबाट सेना फिर्ता गर्नु पर्ने नयाँ, जटिल र गाह्रो सर्तहरू अघि सारेको बताइएको छ ।

युक्रेनी सहायक विदेशमन्त्री सेरहिय खेलिस्टाले युद्धबन्दीको रिहाइलाई ‘एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर’ भन्दै स्वागत गरेका छन् । युक्रेनी रक्षामन्त्री रुस्ताम उमेरोभले छिट्टै अर्को चरणको वार्ता तय भएको जनाउँदै राष्ट्रपतिको तहमा हुने सम्भावित संवादले निर्णायक मोड ल्याउन सक्ने बताए । रुसको वार्ता टोलीको नेतृत्व गरेका राष्ट्रपति पुटिनका सल्लाहकारले पनि वार्ता ‘सकारात्मक’ रहेको टिप्पणी गरेका छन्। आगामी चरणमा अझ विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

यद्यपि, कूटनीतिक वृत्तमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । केही विश्लेषकले रुसले वार्ताको ‘नाटक’ गर्दै युक्रेनका समर्थक देशहरूको दबाब घटाउने रणनीति अपनाएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । वार्ताको समयमै युरोपेली संघले रुसविरुद्ध १८औँ चरणको प्रतिबन्धको तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया