Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

काठमाडौं – आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खेल वर्षाका कारण ५-५ ओभरमा सीमित गरिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेटको क्षतिमा ४१ रनको चुनौती पेश गरेको थियो । जवाफमा नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रन बनाउँदै उत्कृष्ट सुरुवात दिलाइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन बनाउँदै नटआउट रहिन् । कविता भने रनआउटको शिकार बनेकी थिइन् ।

त्यसअघि, बहराइनका लागि दिपिका रसंगिकाले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ६ चौका र १ छक्कासहित अविजित ३४ रन बनाइन् । थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रनको योगदान दिइन् । नेपालका लागि एक मात्र विकेट पुजा महतोले लिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईको बलमा १ छक्का र ३ चौका प्रहार गर्दै बहराइनलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याएकी थिइन् ।

नेपालको पहिलो खेल हङकङविरुद्ध वर्षाका कारण रद्द भएको थियो । अहिले नेपालको ३ अंक पुगेको छ भने हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र बिहीबार फेरि बहराइनविरुद्ध खेल्ने तालिका रहेको छ ।

समूह चरणमा दुई टोलीबीच दुई-दुई खेल हुने प्रावधान छ । समूह विजेता टोलीहरू ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन् । सुपर थ्रीमा शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

तपाईको प्रतिक्रिया