Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

काठमाडौं – भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावले नेपाल भित्रिने तथा बाहिरिने अन्तर्राष्ट्रिय उडानहरूमा असर पर्न थालेको छ। विशेषतः मध्यपूर्व र युरोपबाट काठमाडौं आउने जहाजहरू अब एक घण्टासम्म ढिलो भइपुगेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भारत-पाकिस्तानबीच गत बुधबार (वैशाख २४) देखि सुरु भएको तनावका कारण उडान मार्ग परिवर्तन गर्नुपरेको हो । यसले नेपाल आउने–जाने जहाजहरूको नियमित तालिकामा अवरोध पुर्‍याएको छ ।

महाप्रबन्धक प्रतापबाबु निरौलाका अनुसार पाकिस्तानको हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लागेपछि जहाजहरूले वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । ‘पहिले जहाजहरू पाकिस्तान हुँदै छोटो दूरीमा भारतको दिल्लीमार्ग भएर नेपाल आइरहेका थिए,’ उनले भने, ‘तर अहिले ती जहाजहरू कतार, दुबई, ओमन हुँदै अरब सागर पार गरेर मुम्बई भएर नेपाल आउन बाध्य छन् ।’

यस्तो मार्ग परिवर्तनका कारण कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबिया, जजिरा र कुवेत एयरवेजजस्ता मध्यपूर्वका करिब १५ जहाजको उडानमा एक घण्टासम्मको ढिलाइ भइरहेको छ । नेपालबाट बाहिरिने उडानहरू पनि प्रभावित भएका छन् । महाप्रबन्धक निरौलाका अनुसार सिमरा हुँदै लखनऊ, मुम्बई मार्ग भएर जहाजहरू अरब सागरतर्फ मोडिन थालेका छन् ।

यद्यपि, हालसम्म हवाई भाडादरमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन । ‘अहिलेसम्म भाडामा असर परेको सूचना आएको छैन,’ निरौलाले भने, ‘तर यदि तनाव चर्कियो भने भविष्यमा यसको असर भाडादरसम्म पनि पर्न सक्छ ।’

तपाईको प्रतिक्रिया