Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – धादिङका प्रशेष पाण्डेले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि जितेका छन्। शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टिमबाट प्रतिस्पर्धा गरेका पाण्डे विजेता घोषित भएका हुन्। खोटाङका रोशन राई कोच मेलिना राईको टिमबाट फस्ट रनरअप, इलामका प्रमेश राई कोच राजु लामाको टिमबाट सेकेन्ड रनरअप र सिक्किमकी अर्पणा आचार्य कोच उदय सोताङको टिमबाट थर्ड रनरअप भए।

पाण्डेले २० लाख रुपैयाँ नगद र दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गरे। उनले जितपछि फरक क्षमता भएका व्यक्तिहरू पनि उत्कृष्ट हुनसक्ने सन्देश दिएको बताए। फिनालेमा ‘भ्वाइस’ सिजन ३ का विजेता किरण गजमेरले मौलिक गीतसहित ‘छपक्कै फूल फुल्यो बाटोमै’मा मेलिना राईसँग प्रस्तुति दिए। अन्य कोचहरूले पनि आफ्ना टिमका प्रतिस्पर्धीसँग प्रस्तुति दिएका थिए।

हिमालय टिभीमा दुई महिनादेखि प्रशारण हुँदै आएको सिजन ६ यसपटक चर्चित रह्यो। यस सिजन पहिलोपटक लोकगायक खेम सेन्चुरी कोच बनेका थिए र चारै कोचले कुर्सी घुमाएका प्रतिभा सर्वाधिक थिए। अब यो च्यानलले ‘भ्वाइस अफ नेपाल किड्स’ संस्करण ल्याउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया