Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री तथा मोडल नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले आफ्नो प्रेमी याञ्चित शमशेर जबरासँग कानुनी रूपमा विवाह सम्पन्न गरेकी हुन्। विवाह प्रक्रिया न्यायाधीश दिनबन्धु बरालको इजलासमा सम्पन्न भएको थियो। पेशाले एरोस्पेस इन्जिनियर रहेका याञ्चित शमशेर जबरा र नीति शाहबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको हो।

नीति शाह सन् २०१७ की ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि विजेता हुन्। मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी उनले ‘खजुरे ब्रो’ फिल्मबाट डेब्यु गरेकी थिइन्। अहिले भने उनी नेपाली फिल्म उद्योगका महानायक राजेश हमालसँग ‘नरसिंह अवतार’ नामक चलचित्रमा स्क्रिन सेयर गरेकी छिन्। यसअघि ‘ज्वाइँ साब’ फिल्ममार्फत पनि उनले राम्रो चर्चा बटुल्न सफल भएकी थिइन्।

 

 

 

तपाईको प्रतिक्रिया