Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – गायिका सुस्मिता स्याङतानको आवाजमा तयार गरिएको ‘कुलमानलाई फालेर’ बोलको नयाँ देशभक्तिपूर्ण गीत हालै सार्वजनिक भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको योगदानलाई स्मरण गर्दै र उनको इमानदार नेतृत्वको सम्मानस्वरूप गीत ल्याइएको हो। स्याङतानको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

गीतमा कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा चित्रण गर्दै, इमानदार नेतृत्वलाई राजनीतिक कारणले विस्थापन गर्ने प्रवृत्तिको आलोचना गरिएको छ। संगीत, शब्द र सिर्जना विवेक लोप्चनको रहेको गीतमा कुनसाङ दोर्जे लोप्चनको संगीत संयोजन, अर्जुन न्यौपानेको सहयोगी स्वर तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ छ। गीतको रेकर्डिङ ‘हुरी रेकर्डिङ स्टुडियो’, कुपण्डोलमा सबिर कार्कीले गरेका हुन्।

भिडियोतर्फ विशाल सापकोटाको निर्देशन तथा त्रिलोक लामाको सम्पादन र रंग संयोजनले सशक्त प्रस्तुति दिएको छ। यस गीतलाई सिर्जनात्मक मात्र नभई सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानका रूपमा प्रस्तुत गरिएको छ। दर्शक र युवाहरूले गीतलाई ‘जनताको आवाज’ भन्दै सामाजिक संजालमा सेयर गरिरहेका छन्।

 

 

 

तपाईको प्रतिक्रिया