Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – हरिवंश आचार्य अभिनित बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को ट्रेलर सार्वजनिक गरिएको छ। यसले भुटानी शरणार्थीको जीवन कथा चित्रण गरेको छ। भुटानबाट अमेरिका पुगेका एक शरणार्थी वृद्ध उमेरमा आफ्नै मुलुक फर्किएको कथा ट्रेलरमा देखाइएको छ। विदेशमा भौतिक सुख भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा पर्ने भावनात्मक असर चलचित्रको मूल सन्देश हो।

चलचित्र वैशाख १२ गतेदेखि प्रदर्शनमा आउनेछ। अंग्रेजी नाम ‘The World’s Happiest Man’ रहेको यस चलचित्रमा प्रमुख भूमिकामा हरिवंश आचार्य छन् भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतका कलाकारको पनि अभिनय रहेको छ। हलिउड अभिनेता ब्रुस डर्नको पनि विशेष उपस्थिति रहेको यो चलचित्र SAG-AFTRA अन्तर्गत बनेको पहिलो नेपाली फिल्म हो। जसमा हलिउडका प्राविधिकहरुले पनि काम गरेका छन्।

‘भुलबुल’ निर्देशक विनोद पौडेलद्वारा निर्देशित ‘भूठान’ को निर्माणमा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी लगायतको संलग्नता छ। चलचित्रको छायांकन सुसन प्रजापतिले, सम्पादन अन्जय खड्काले, र संगीत समवरण केमले गरेका छन्। निर्माणमा नेपाल र अमेरिकाको सहकार्य छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया