Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – हरिवंश आचार्य अभिनित बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को ट्रेलर सार्वजनिक गरिएको छ। यसले भुटानी शरणार्थीको जीवन कथा चित्रण गरेको छ। भुटानबाट अमेरिका पुगेका एक शरणार्थी वृद्ध उमेरमा आफ्नै मुलुक फर्किएको कथा ट्रेलरमा देखाइएको छ। विदेशमा भौतिक सुख भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा पर्ने भावनात्मक असर चलचित्रको मूल सन्देश हो।

चलचित्र वैशाख १२ गतेदेखि प्रदर्शनमा आउनेछ। अंग्रेजी नाम ‘The World’s Happiest Man’ रहेको यस चलचित्रमा प्रमुख भूमिकामा हरिवंश आचार्य छन् भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतका कलाकारको पनि अभिनय रहेको छ। हलिउड अभिनेता ब्रुस डर्नको पनि विशेष उपस्थिति रहेको यो चलचित्र SAG-AFTRA अन्तर्गत बनेको पहिलो नेपाली फिल्म हो। जसमा हलिउडका प्राविधिकहरुले पनि काम गरेका छन्।

‘भुलबुल’ निर्देशक विनोद पौडेलद्वारा निर्देशित ‘भूठान’ को निर्माणमा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी लगायतको संलग्नता छ। चलचित्रको छायांकन सुसन प्रजापतिले, सम्पादन अन्जय खड्काले, र संगीत समवरण केमले गरेका छन्। निर्माणमा नेपाल र अमेरिकाको सहकार्य छ।

तपाईको प्रतिक्रिया