Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को स्वर समावेश गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। उक्त गीत आगामी फिल्म लाज शरणम् का लागि तयार गरिएको हो। जसमा बालेनले स्वर, संगीत र शब्द दिएका छन्। गीतले नेपालको वर्तमान अवस्था र विकासको कथा बोल्छ। यो बालेन मेयर बनेपछि सार्वजनिक भएको पहिलो गीत हो। नगर प्रमुखको रूपमा जिम्मेवारी सम्हालेपछि उनले कुनै पनि गीत गाएका थिएनन्।

गीतको भिडियोमा फिल्मका कलाकार अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय देख्न सकिन्छ। निर्माण टिमले बालेनको लोकप्रियताजस्तै यो गीत र चलचित्र पनि दर्शकले मन पराउने आशा व्यक्त गरेको छ। फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको लाज शरणम् ले केही दिनअघि मात्र ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक गरेको थियो।

यो फिल्म हाँस्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको हो। लेखकदेखि निर्देशकसम्मको टिम सक्किगोनिकै छ। मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् भने अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन्।

तपाईको प्रतिक्रिया