Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – फिल्म ‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ। शान्ती श्री परियार र आशिष अविरलको आवाज रहेको यो गीतमा आनन्द अधिकारीको शब्द तथा कृष्ण भारध्वजको संगीत समावेश छ।

गीतले एकअर्काप्रति आकर्षित भएका प्रेमी-प्रेमिकाको भावनालाई प्रस्तुत गर्न खोजेको छ। गीतका शब्द र भिडियोले प्रेमीहरूबीचको अनुहार हेरेरै भावना बुझ्ने सम्बन्धको कथा बयान गर्छ।

गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसहित फिल्मका अन्य प्रमुख कलाकारको अभिनय देख्न सकिन्छ। यसको छायांकन तराई-मधेसको हाट बजारको सेटअपमा गरिएको छ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म हो। फिल्ममा मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ रहेका छन् भने अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ।

कुमार कट्टेलको निर्देशनमा बनेको यो फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुँदैछ। जेपिटी क्रियसन को ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया