Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकप्रिय गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अन्त्य गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले कानुनी रूपमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।

चौहानले अदालतमा दिएको निवेदनअनुसार, उनीहरूले २०८१ साल वैशाख ५ गते प्रेम विवाह गरेका थिए। विवाहपश्चात दम्पती अस्ट्रेलिया गएका थिए। तर नेपाल फर्किएपछि उनीहरूबीच दाम्पत्य जीवनमा समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।

गायिका चौहानका अनुसार, पतिले बारम्बार उनीमाथि शंका गर्ने, कलाकारितामा सक्रियताका कारण रातिसम्म बस्नुपर्ने अवस्थालाई लिएर आपत्ति जनाउने, मानसिक तनाव दिने तथा विश्वास नगर्ने प्रवृत्तिका कारण सम्बन्ध बिग्रिएको हो। यी कारणले आफूले अंश नलिने शर्तसहित सम्बन्ध विच्छेदका लागि निवेदन दिएको उनले उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया