Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकप्रिय नेपाली पप तथा आधुनिक संगीतकी गायिका मेलिना राईले डा. ध्रुव गुरुङसँग औपचारिक रूपमा इन्गेजमेन्ट गरेकी छिन्। यो अवसरलाई मेलिनाका नजिकका साथीभाइ र परिवारले उल्लासपूर्वक मनाउँदै सामाजिक सञ्जालमा तस्वीर र भिडियो सेयर गरेका छन्। मेलिना र ध्रुव छिट्टै वैवाहिक जीवनमा प्रवेश गर्ने तयारीमा छन्।

लमजुङ निवासी गुरुङ पेसाले चिकित्सक हुन्। इन्गेजमेन्टपछिको उत्साह सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै, उनले इन्स्टाग्राममा मेलिनालाई ‘मेरो माया’ भनी सम्बोधन गरेका छन्। ध्रुवले आफ्नो पोस्टमा लेखेका छन्, “आउनुहोस्, वर्तमानलाई केन्द्रबिन्दु बनाउँदै चुनौतीहरूको सामना गरौँ। हाम्रो सहयात्राले सुन्दर र अर्थपूर्ण जीवन सिर्जना गर्दै हरेक दिनलाई विशेष बनाउनेछ। यस यात्रामा साथ दिन पाउँदा म गर्वित छु।“

गायिका मेलिनाले यसअघि २०२२ मा आफ्नो पूर्व प्रेमीसँगको इन्गेजमेन्ट तोडेकी थिइन्। नेपाली संगीत क्षेत्रमा ३१ वर्षीया मेलिना आफ्नो करिश्मा र सफलताको लागि चर्चित नाम हुन्। उनी लगातार नयाँ गीतहरू सार्वजनिक गर्दै संगीतप्रेमीहरूमाझ लोकप्रिय छिन्

तपाईको प्रतिक्रिया