Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकप्रिय गायिका रचना रिमाल हाल आफ्ना सांगीतिक प्रस्तुतिका लागि देशभरका विभिन्न महोत्सवहरूमा व्यस्त रहेकी छिन्। देशभित्र मात्र नभई विदेशमा पनि उनी संगीतप्रेमीहरू माझ लोकप्रिय छिन्।

तर हालसालै रचनालाई झुठो विवाहको अफवाहले तनावमा पारेको छ। “गुड भाइब्स” नामक फेसबुक पेजले क्रिकेटर ललित राजवंशीसँगको तस्बिर सार्वजनिक गर्दै उनीहरू माघ ८ गते विवाह बन्धनमा बाँधिन लागेको दाबी गरेको छ। उक्त पोस्टमा विवाहको मिति उल्लेख गर्दै वधाई र शुभकामना दिइएको थियो, जसलाई ३ हजार भन्दा धेरैले प्रतिक्रिया दिएका छन् र धेरैले आफ्नो विचार व्यक्त गरेका छन्।

गायिका रिमालले यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त पेजविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने घोषणा गरेकी छिन्। उनले लेखेकी छिन्, “अब साइबर ब्यूरोमा भेट होला।” यस घटनापछि धेरैले उनको समर्थन गरेका छन् र भ्रामक खबर फैलाउनेमाथि कानूनी कारबाहीको माग गरेका छन्।

रचना र ललितबीचको सम्बन्धबारे चर्चा नेपाल प्रीमियर लिगका क्रममा समेत भएको थियो। रचनाले विराटनगरको टिमलाई समर्थन गरेकी थिइन् तर व्यक्तिगत रूपमा जनकपुर बोल्ट्सका बलर ललित राजवंशीलाई हौसला दिएको कुरा चर्चामा आएको थियो।

तपाईको प्रतिक्रिया