Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अस्ट्रेलियाली संसदको तल्लो सदनमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने प्रस्ताव गरिएको छ। बिहीबार पेश भएको उक्त विधेयकले अगाडि बढेमा, एक्स, टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता केही प्रमुख सामाजिक सञ्जालमा बालबालिकाको पहुँच प्रतिबन्धित हुने जनाइएको छ।

अस्ट्रेलियाको नयाँ कानूनी संरचनाले उक्त प्रतिबन्ध लागू गर्नका लागि एक स्पष्ट रूपरेखा तयार गर्नेछ। यो १७ पृष्ठ लामो विधेयक आगामी हप्ता अस्ट्रेलियाको सिनेटमा प्रस्तुत गरिने छ। अस्ट्रेलियामा धेरै अभिभावकहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्नेमा अहिले बहस चलिरहेको छ ।

तपाईको प्रतिक्रिया