Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ। यो नेपाली महिला टोलीले अहिलेसम्म बनाएको सबैभन्दा ठूलो स्कोर हो।

यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनायो। कप्तान पूजा महतोले शानदार प्रदर्शन गर्दै ५७ बलमा शतक बनाउँदै कुल १३० रन नटआउट बनाइन्। यससँगै उनी नेपाली १९ वर्षमुनिको महिला टोलीबाट अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन्। सोनी पाख्रिनले पनि टोलीका लागि योगदान दिँदै नटआउट ४२ रन बनाइन्।

यस प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो। तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भए पनि चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराउँदै आफ्नो प्रदर्शनलाई सुदृढ बनाएको छ।

प्रतियोगितामा यूएई, नेपाल, कुवेत र थाइल्यान्ड गरी चार टोलीले भाग लिएका छन्। सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन्। जसमा शीर्ष स्थानमा आउने टोलीले आगामी वर्ष मलेसियामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया