Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – अन्तराष्ट्रिय हवाईको भाडा तीन गुणाले बढेको पाइएको छ । नेपालबाट विदेश उडान भर्दै आएका सबै हवाई कम्पनीहरुले तीन गुणासम्म हवाई भाडा बढाएको पाइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तराष्ट्रिय उडान भर्दै आएका हवाई कम्पनीहरुले यहि नोभेम्बरदेखि लागू हुनेगरी हवाई भाडा बढाएका हुन् । यसअघि नेपालबाट दुबई जानलाई औषतमा ३२ हजार रुपैयाँ हवाई भाडा रहेकोमा अहिले बढाएर ८२ हजार बनाइएको छ ।

यसैगरी नेपालका लागि बैदेशिक रोजगारका लागि गन्तब्य मुलुकका देशहरुमा तीन गुणासम्मले भाडा बढाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अचानक तीन गुणाले भाडा बढाउँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि ठुलो आर्थिक भार पर्ने भन्दै संघले श्रम मन्त्रालय लगायतका निकायको ध्यानाकार्षण गराएको हो ।

अन्तराष्ट्रिय हवाई कम्पनीहरुले भाडा अचाक्ली बढाएकाले नेपाली श्रमिक मारमा पर्ने भन्दै संघले नेपाली कामदारलाई भारतको दील्ली हुँदै गन्तब्य मूलुक जान दिन समेत सरकारसंग आग्रह गरेको छ । ‘सिजनमा केहि प्रतिशतले भाडाको दर बढ्नु सामान्य भएपनि अहिले अचाक्ली बढ्नु कालोबजारी नै भएकाले यसलाई रोक्न हामीले श्रम मन्त्रालयको ध्यानाकर्षण गरेका छौं, नागरिक उड्डयनलाई पनि भेटेर कुरा राख्छौं.’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने ।

यहि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान कटौती गरिने भएपछि बिशेषगरि अन्तराष्ट्रिय उडान भर्ने कम्पनीहरुले अन्तराष्ट्रिय हवाई भाडा बढाएका हुन् । यद्दपि आन्तरिक उडान भर्ने हवाई कम्पनीहरुले भने भाडादर विगतकै कायम गरेका छन् र नबढाउने प्रतिबद्दता जनाएका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया