Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। संयुक्त राज्य अमेरिकामा ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले वृद्धि भई ७६,१०६ डलर (करिब एक करोड दुई लाख रुपैयाँ) पुगेको छ।

ट्रम्पको क्रिप्टोसम्बन्धी धारणा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनभन्दा फरक देखिन्छ। बाइडेन प्रशासनले क्रिप्टो कम्पनीहरूमा व्यापक दमन गर्दै आएको बताइन्छ, जबकि ट्रम्पले अमेरिकालाई ‘विश्वको बिटक्वाइन सुपरपावर’ बनाउने वाचा गरेका छन्।

निर्वाचन अभियानका क्रममा ट्रम्पले अमेरिकी नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गेरी गेन्स्लरलाई हटाउन सक्ने सङ्केत गरेका थिए। गेन्स्लरले धेरै क्रिप्टो कम्पनीहरूमाथि कानुनी कारवाही गरिरहेका छन्।

ट्रम्पले सरकारको अनावश्यक खर्चको अडिटका लागि अर्बपति एलन मस्कलाई जिम्मा दिने योजना पनि सार्वजनिक गरेका छन्। मस्क लामो समयदेखि क्रिप्टोकरन्सीका समर्थक रहँदै आएका छन्। उनले चलाएको कम्पनी टेस्लाले सन् २०२१ मा १.५ अर्ब डलर बिटक्वाइनमा लगानी गरेको थियो। यद्यपि, यो डिजिटल मुद्राको मूल्य अत्यन्तै अस्थिर रहन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया