Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति चुनावमा पराजय भोगेकी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले हारपछिको पहिलो सम्बोधनमा आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जीत स्वीकार गर्न आग्रह गरेकी छिन्। वाशिंगटन डीसीको हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै, ह्यारिसले चुनावको नतिजा आफूहरूको पक्षमा नआए पनि हार नमान्न र आदर्शका लागि संघर्ष जारी राख्न भनेकी छिन्।

उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणको महत्त्वलाई जोड दिँदै समर्थकहरूलाई निराश नहुन आग्रह गरिन्। ह्यारिसले आफ्नो उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्ज, अभियान टोली, समर्थकहरू, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई विशेष धन्यवाद दिइन्। सम्बोधनका क्रममा धेरै समर्थकहरू भावुक बनेका थिए।

ह्यारिसले भनिन्, “म बुझ्छु, चुनावको नतिजाले धेरैलाई असर पारेको छ, तर हामीले यसलाई सम्मान गर्नुपर्छ।” उनले पराजय भए पनि आफूले उठाएका मुद्दाहरूमा संघर्ष जारी रहने स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया