Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ब्राजिलियन स्टार नेयमार एक वर्षको अन्तरालपछि पुनः खेलमा फर्किएका छन्। चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमारले गएराति एएफसी च्याम्पियन्स लिगको खेलमा अल–ऐन एफसीविरुद्ध अल हिलालबाट पुनरागमन गरेका हुन्।

नेयमार ७७औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। उनको उपस्थितिमा अल हिलालले रोमाञ्चक खेलमा ५–४ को जित दर्ता गर्‍यो। नेयमार गत वर्ष अक्टोबरमा फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्टको शल्यक्रिया गरिएको थियो।

यो खेलमा अल हिलालका लागि सलेम अल्दाओसरीले ह्याट्रिक गर्दा रेनान लोदी र सर्जेज मिलिन्कोभिच-साभिकले एक-एक गोल गरे। अल–ऐनका लागि सोफियान रहिमीले पेनाल्टीसहित ३ गोल गरेका थिए भने मोतेओ सनाब्रियाले एक गोल थपेका थिए।

तपाईको प्रतिक्रिया