Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उच्च अदालतको फैसलाले सन्तुष्ट गराएकोले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको हो। उनका अनुसार उच्च अदालतको फैसलामा चित्त बुझेपछि नेपाल सरकार पुनरावेदनमा जान नपर्ने नियम अनुसार यो मुद्दामा पुनरावेदन नहुने निर्णय गरिएको हो।

असोज १० गते महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलालाई सही ठहर गर्दै पुनरावेदन नगर्ने औपचारिक जानकारी गराएको थियो। यसअघि, गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेकाले क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो।

तपाईको प्रतिक्रिया