Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – नेपाल वायुसेवा निगमले टिकट लिएर बाढी र पहिरोजन्य कारणबाट उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म यात्रा गर्न दिने भएको छ । एक सूचना जारी गर्दै निगमले उक्त सेवा लिनेले निगमको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

‘यसअनुसार २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुले ११ अक्टोबरसम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशीघ्र सम्पर्क गरी सेवा लिन अनुरोध छ’, निगमले भनेको छ ।

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरुलाई छुट सुविधा दिन विशेष आग्रह गरेको थियो  ।

तपाईको प्रतिक्रिया