Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानको परम्परागत परिकार बनाउन प्रयोग हुने मुख्य खाद्य वस्तु हो चामल। सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएकै समयमा पर्यटकको आगमनमा भएको वृद्धिका कारण चामलको माग बढ्दा हालैका महिनामा चामल अभाव झनै चर्किएको छ । यस वर्षको गर्मीयामभरि जापानमा सुपरमार्केटमा चामलको बोरा खासै धेरै देख्न पाइएन ।

गएको तीन वर्षयता त्यहाँ चामलको उत्पादन भन्दा माग धेरै छ । यसले गर्दा चामलको सञ्चिति २० वर्षकै न्यून स्तरमा झरेको अमेरिकी कृषि मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको थियो । जापानमा ताइफुको सिजन नजिकिँदै गरेको अनि ठुलै भूकम्प जाने चेतावनीबिच उपभोक्ताहरूले पनि जगेडा चामल थुपारेर राख्न थालेका छन् ।अगस्टमा चामलको अभाव भएपछि जापानी सुपर मार्केटहरूले एक जनाले एक झोला चामल मात्रै किन्न पाउने नियम ल्याएका थिए । पर्यटकहरूको आगमन बढेसँगै चामलको प्रयोग गरेर बनाइने सुशीलगायत परिकारको माग बढ्दा आंशिक रूपमा चामलको अभाव भएको एनएचकेले भनेको छ ।

अगस्टमा जापानमा प्रति ६० केजी चामलको भाउ १६ हजार १३३ येनमा पुगेको थियो । यो अघिल्लो महीनाको तुलनामा ३ प्रतिशत धेरै हो भने यस वर्षको सुरुयता ५ प्रतिशत धेरै हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया