Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको तयारीमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई लक्षित गरी आक्रमण भएको छ। एरिजोनास्थित ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको हो। प्रहरीले यस मामिलामा अनुसन्धान गरिरहेको छ ।

यो घटना सेप्टेम्बर २३ मा ह्यारिसको एरिजोना भ्रमणको केही दिनअघि मात्र गोलि हानेर कार्यालयको झ्यालको शिशा फुटालिएको प्रहरीले मंगलबार एक विज्ञप्तिमा भनेको छ। प्रहरीको बयानअनुसार, घटनाको समयमा कार्यालयमा कोही पनि नभएकोले मानवीय क्षति हुन भने पाएन। तर यसले भवन र आसपासका बासिन्दाहरूको सुरक्षामा चिन्ता उत्पन्न गरेको छ।

पछिल्ला हप्तामा यो कार्यालयमा भएको यो दोस्रो आक्रमण हो। यसअघि, सेप्टेम्बर १६ मा पनि सोही कार्यालयमा झ्यालमा गोली प्रहार भएको थियो।

 

 

तपाईको प्रतिक्रिया