Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ५’ को नयाँ गीत ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ। छायांकनपछि पहिलो पटक फिल्मले क्यारेक्टर लुक्ससहितको गीत सार्वजनिक गरेको हो।

गीतमा बाबुल गिरीले शब्द, संगीत, एरेन्ज र स्वर दिएका छन्। यस गीतको भिडिओमा प्रमुख कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा सिवाकोटी प्रस्तुत भएका छन्। साथै, मेक्सन गौडेल र सुरवीर पण्डित पनि गीतको भिडिओमा देख्न सकिन्छ।

‘ब्रेकअप सङ’ले प्रेममा टुटफुट भएपछि प्रेमीको क्रोध र आक्रोशलाई चित्रण गर्दछ। गीतका शब्द र कलाकारहरूको प्रस्तुति हास्यव्यंग्य शैलीमा रहेको छ।दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्मको कथा, पटकथा र संवाद दीपकराज गिरीले लेखेका छन्। फिल्ममा दीपकसँगै केदार घिमिरे र निर्मल शर्माको लगानी रहेको छ।

तपाईको प्रतिक्रिया