Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज ‘सी चेक’ बाट दुई महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज U9N- ALY (अन्नपूर्ण) नियमित सी चेक मर्मतपछि आज ८ बजेर ३६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिने जनाउँदै यात्रुलाई थप सुविधा पुग्ने विश्वास लिएको छ । ‘सी-चेक’ का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ । एकै पटक दुईवटा विमान ‘सी-चेक’ का लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् ।

अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन । निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया