Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्री भएको छ । एक पोस्टर शेयर गर्दै निर्माण टिमले फिल्मको यी दुई देशको प्रदर्शन अधिकार विक्री भएको जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अब फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सको भएको छ भने कोरिया राइट्स कस्ले किनेको भन्ने खुलेको छैन । यद्यपि अन्य थुप्रै देशबाट फिल्म प्रदर्शनको कुरा भैरहेकाले फाइनल भएसँगै जानकारी दिँदै जाने तयारी निर्माण कम्पनीको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित यो फिल्ममा जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई प्रस्तुत गरिएको छ । फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।

यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेका उनका लागि ठूलो पर्दामा यो पहिलो निर्देशकिय भूमिका हो । फिल्मका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया