Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उनको टोलीलाई सम्मान गरेका छन्। शीतल निवासमा आयोजित कार्यक्रमका दौरान राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गरे। पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई र शुभकामना दिइयो।

सम्मान समारोहमा बोल्दै, राष्ट्रपति पौडेलले पलेशाको उपलब्धिले देशको शीर उँचो भएको बताउँदै आगामी प्रतियोगितामा स्वर्ण पदकको आशा व्यक्त गरे। यस अवसरमा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पलेशाका अभिभावक र खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी हुन्। यो पदक नेपालले विश्व खेलकुदमा हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया