Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले पेरिसमा आयोजित पारालिम्पिक २०२४ मा कांस्य पदक जितेर नेपाली खेल इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ। बुधबार, महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले पलेशालाई पाँच लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन्। साथै, पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि नगद तीन लाख रुपैयाँसहित सम्मान गरिएको छ।

पलेशा बुधवार नेपाल फर्केपछि उनलाई काठमाडौंमा ‘नगर परिक्रमा’ गराएर सम्मान गरिएको थियो। उनले पारालिम्पिक खेलमा के ४४ वर्गअन्तर्गत महिला ५७ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन्। यो पदक ओलम्पिक प्रतियोगितामा नेपाली खेलाडीले जितेको पहिलो पदक हो। पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै यो ऐतिहासिक जित हासिल गरेकी हुन्। यसअघि उनले पारा एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन्।

तपाईको प्रतिक्रिया