Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

नागोया – जापानको नागोया शहरमा वृहत् तीज फेस्टिभल सम्पन्न भएको छ । गत वर्षहरूमा कोठा, रेस्टुरेन्ट तथा हलमा तीज कार्यक्रम गरिँदा धेरै साँगुरो हुने गरेको हुँदा यसपालि खुल्ला ठाउँमा तीज फेस्टिभल आयोजना गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोजक समितिका संयोजक दीपक कार्कीकाअनुसार कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार सम्पन्न भएको थियो । कार्यक्रमको आयोजक संस्था ‘द ब्रोदरस् इन्टरटेमेन्ट’ जापान रहेको थियो ।आगामी वर्षहरूमा यसपालि भएका कमी कमजोरी बाट सिक्दै अझैँ भव्य तीज कार्यक्रम गर्ने आयोजक समितिका सदस्य एवं कलाकार श्याम शीतलले बताए । कार्यक्रममा नेपालीहरू मात्र नभई जापनिज अनि विदेशीहरू पनि तीज फेस्टिभलमा रमाई रहेका देखिन्थे ।फेस्टिभल लाई विशेष बनाउन नेपालबाट कलाकारहरू रामजी खाँड, समीक्षा अधिकारी, रुपा घर्ती मगर लगायत कलाकारहरूले दमदार प्रस्तुति दिएका थिए । सांगीतिक प्रस्तुति चलिरहँदा वर्षा हुँदा पनि नेपाली चेलीहरू भिजेरै भए पनि सांगीतिक माहौलमा मस्त देखिन्थे ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया