Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलको समूह ‘बी’ अन्तर्गत भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको थियो। दोस्रो हाफमा १० खेलाडीमा समेटिएको भुटानले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

पहिलो हाफमा भुटानले अग्रता बनाएको थियो तर माल्दिभ्सले दोस्रो हाफमा खेलमा फर्किएको थियो। भुटानका गोलरक्षक सोनामा तेन्जिङले वान भर्सेस वानको अवस्थामा गोल समाएर रातो कार्ड प्राप्त गरे त्यसपछि इसाफु फिराकले ५४ औं मिनेटमा फ्रिकीक मार्फत गोल गर्दै खेललाई १-१ मा बराबरीमा ल्याएका थिए। तर, १० खेलाडीका बाबजुत भुटानले निरन्तर दबाब बनाउँदै खेलमा दबाव कायम राख्यो। निर्धारित समयको अन्तिम मिनेटमा सब्स्टिच्युट खेलाडी नोआङ छुपेलले जिग्नम दोर्जीको क्रसलाई गोलमा परिणत गर्दै भुटानलाई जित दिलाए।

यसअघि भुटानले भारतसँग १-० ले हारेको थियो। अब माल्दिभ्सको अन्तिम खेलमा भारतसँग भिड्नु पर्नेछ। यदि माल्दिभ्सलाई भारतसँग बराबरी गर्न सक्यो भने भारत समूह विजेताका रुपमा फाइनलमा पुग्नेछ।

 

 

 

तपाईको प्रतिक्रिया