Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – दुई पल्टको च्याम्पियन नेपालले साफ यू-२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १-० ले हरायो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो जितपछि नेपालको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालको तीन अंक भएको छ भने श्रीलंका शून्य अंकमा रह्यो । अब नेपालले बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

नेपालका जितमा नीराजन धामीले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा श्रीलंकाले नेपालविरुद्ध बलियो आक्रमण बुन्न सकेन् । नेपालले भने दुई बलियो अवसर गुमाएको थियो ।

ती दुवै अवसर समीर तामाङले गुमाएका हुने । उनले पोस्टको नजिकबाट गरेको दुवै प्रहार बाहिरिएको थियो । यस्तै खेलको सुरुमै नीराजको प्रहारले पोस्टको दिशा लिए पनि त्यो अफ साइड रह्यो ।

उनैले खेलको अन्त्यतिर गरेको पोस्टमा लागेको थियो । सोमबार समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटान खेल्नेछन् ।

तपाईको प्रतिक्रिया