Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानबाटै फेरि अर्को तीज गीत ‘लाहुर’ बजारमा आएको छ । सर्जक तथा गायिका निशा क्षेत्री ‘निशाना’ ले ‘लाहुर’ बजारमा ल्याएकी हुन् । उनलाई जापानबाटै गायकद्वय युवराज आचार्य र सूर्य खड्काले स्वरमा साथ दिएका छन् ।

नेपाली हिन्दु नारीहरुको उल्लासको पर्व नजिकिदैं गर्दा तीजका गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । यसैबीच जापानबाट पनि यो वर्ष विगतका वर्षहरुको तुलनामा अलि बढि तीजका गीतहरु सार्बजनिक भईरहेका छन् ।

निशाको ‘लाहुर’ तीज गीतमा एकातिर बेरोजगारीका कारण बाध्यतावश बैदेशिक रोजगारीमा जाने हुटहुटीलाई उजागर गर्न खोजिएको छ भने अर्कोतिर आफ्नै देशमा बसेर दुखजिलो गर्नु नै सबैभन्दा श्रेयस्कर हुने भएकोले बिदेशमा भएकाहरु पनि स्वदेश फर्कनुपर्ने सन्देश दिन खोजिएको छ ।

गायिका स्वयम निशा र देवी खत्रीको शब्द र संगीत रहेको यस गीतमा तेजस रेग्मी, अर्जुन सापकोटा र सलिना खत्रीको फिचरिङ देख्न सकिन्छ ।

जापानलाई कर्मथलो बनाउँदै आएकी निशानाले यो पटक सन्देशमूलक तीज गीत ल्याएकी हुन् । गीत निशा क्षेत्री युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमार्फत पछिल्लो समय युवाहरूमा देखिएको बिदेश मोहलाई सुन्दर ढंगले चित्रण गरिएको छ । गीतमा युवा विदेश जानेबारे सोचिरहँदा युवती भने परिश्रम गर्ने हो भने स्वदेशमै पनि प्रगति गर्न सकिन्छ भन्ने कुरामा जोड दिइरहेकी हुन्छिन् । स्वदेशमा कर्म गरे परिवारसँगै सुखी जीवन बिताउन सकिन्छ भन्ने गीतको केन्द्रीय भाव रहेको पाईन्छ ।

मौलिक धारमा बगेको मेलोडी र देशमै केही गरौं भन्ने भावसहितको सकारात्मक सन्देश बोकेको गीत भएकाले गीतको म्यूजिक भिडिओलाई दर्शक-स्रोताहरुले मन पराउने अपेक्षा गरिएको छ । म्युजिक भिडियोमा कुमार केसीको निर्देशन रहेको छ ।

स्मरण रहोस्, गीत र संगीतको उर्वरभूमि मानिदैं आएको जापानबाट यसपाली धमाधम तीजको गीतहरु सार्बजनिक भईरहेका छन् । जसमा सूर्य खड्का, युवराज आचार्य, प्रेम सापकोटा ‘सानु’, शिवा केसी, बिष्णु थापा मगर, समिना खड्का लोहनी, शान्ता जिसी, बिशाल क्षेत्री, गोकुल सापकोटा, काजल गुरुङ लगायतका आवाज तथा सिर्जना रहेको तीज गीत बजारमा आईसकेका छन् । यसैबीच निशाले ‘लाहुर…’ तीजे गीत सार्बजनिक गरेकी हुन् ।***

तपाईको प्रतिक्रिया