Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि आइतबार मात्रै नयाँ रेकर्ड बनेको थियो । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार सेयर बजार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २,९३१.६५ को विन्दुमा अडिएको छ । सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।

लगानीकर्ताहरू साेमबार पनि लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूहमा ५.८५ प्रतिशतले बढेको छ । सूचीकृत समूहमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । हिमालयन रिको सेयर १ करोडभन्दा माथि कारोबार भएको छ ।

सोमबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै कुथेली ब्रुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया