Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता करण परियारले पार्श्व गायनमा डेब्यु गरेका छन् । साउन ३२ गते पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीतमा उनले स्वर दिएका हुन् ।

गायिका समीक्षा र करण एकसाथ मिडियामा प्रस्तुत भएका थिए। नेपाली गीत–संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा पछिल्लो पुस्ताका उदीयमान कलाकारद्वय भाग्यमानी सुनिए।

बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुवै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए।

एक गीतमा करणसहित अनु चौधरीले स्वर दिएका छन् भने अर्को एक गीतमा गायिका समीक्षाले।

कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई प्रस्तुत गरेको यो फिल्म गत वर्ष वैशाख १ गते प्रदर्शनमा आएको थियो। तर, शो नपाएको भन्दै तेस्रो दिनबाट निर्माताले हलमा रिलिज रोक्ने निर्णय गरेका थिए।

फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमीकमजोरी सुधार्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको विष्टको भनाइ छ।

फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारीलगायतले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया