Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – असार २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक भएको छ। हिजो बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा आधारित रहेको देखाउँछ। ट्रेलरमा, गाउँमा शिक्षण पेसामा रहेका दयाहाङ राई र त्यही गाउँकी मगर युवती मिरुना मगरको प्रेम र त्यसबाट उत्पन्न हुने आरोह-अवरोहको कथा प्रस्तुत गरिएको छ।

अनिल बुढा मगरद्वारा निर्देशित यस फिल्ममा दयाहाङ, मिरुना र शिशिरसँगै कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता जनक घर्ती मगर हुन्। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्।

पटकथा र संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सहयोग गरेका छन्। फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

 

 

तपाईको प्रतिक्रिया