Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दुबई जान लागेका गायक राजेशपायल राईलाई जहाज चढिसकेपछि काठमाडौं विमानस्थलबाट फर्काइएको छ। केही महिनाअघि सडकमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका गायक राई आज फेरि उड्न लागेको जहाजबाट फर्काइएका हुन्।

त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको बिहानको उडानमा दुबई जान लागेका राई साङ्गीतिक कार्यक्रमका लागि यात्रा गर्दै थिए। तर, विमानभित्र छिर्दा अत्यधिक मदिरा सेवन गरेका राईले एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका थिए।विमानका कर्मचारीहरूले सम्झाउने प्रयास गरे पनि उनले हल्ला गर्न नछाडेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

जहाजले उनलाई नलिई अन्य यात्रुहरू लिएर उडान भरेको छ। गत चैत २२ गते सडकमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका राई र उनका केही साथीहरूलाई पछि आफन्तको जिम्मा लगाएर छाडिएको थियो।

 

 

तपाईको प्रतिक्रिया