Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली रहेको बताउँदै उठाउन धेरैले हात दिएको बताएकी छन् ।

उनले यसै कारण पनि आफू म संसारकै भाग्यमानी रहेको बताएकी छन् । ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ,’उनले लेखेकी छन्,‘यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ ।’

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस् , रुदैं हिँड्न नपरोस् भनेकी छन् । ‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति,’उनले भनिन्,‘म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिँड्न नपरोस् ।’

उनको पोष्टमा धेरै जनाले अभिनेता पल साहलक्षित यस्तो पोष्ट गरेको हुन सक्ने बताएका छन् । पल अभिनीत चलचित्र पुजार सार्की अहिले पनि हलमा दर्शक तानिरहेको छ ।

तपाईको प्रतिक्रिया