Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक रहेका छन् । मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।’

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेको उनले बताए । प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार एक जना पाइलटले दैनिक अधिकतम १० घण्टा र एक महिनामा एक सय घण्टा मात्रै उडान गर्न पाउने नियम रहेको छ । उक्त नियम अनुसार लगातार १० दिन आफ्नो पूरा क्षमतामा उडान भर्ने चालक महिनाको २० दिन खाली बस्नु पर्छ ।

पहिलेदेखि नै चालक अभाव झेल्दै आएको निगमले हाल चार जना अनुभवी चालक निलम्बनमा रहेपछि त्यसको असर काठमाडौँ–हङकङ–काठमाडौँ उडानमा देखिएको छ । निगम स्रोतका अनुसार हप्तामा तीन दिन काठमाडौँ–हङकङ उडान गर्दै आएको निगमले असार ११ गतेयताका सबै उडान कटौती गरेको छ ।

स्रोतका अनुसार अब निगमले असार ११ र १५ गते मात्रै काठमाडौँ–हङकङ उडान गर्ने तालिका रहेको छ । स्रोतका अनुसार जेठ १९ देखि असार १६ गतेसम्म एक महिनाको अवधिमा निगमले सात दिन मात्रै उडान गर्ने तालिका रहेको छ । निगमले हाल सात देशका दस गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया