Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित बलिउड निर्देशक संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ले राम्रै प्रशंसा बटुिलरहेकाे छ। यही सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन्। सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन्। स्ट्रिमिङ सुरु भएयता यसको विश्वव्यापी चर्चा छ। हिरामण्डीमा गरेकाे उम्दा अभिनयका कारण विश्वका ठूला कार्यक्रममा उपस्थिति हुन भ्याइनभ्याइ छ। यही सिलसिलामा अभिनेत्री कोइराला यतिबेला लन्डनमा छिन्। मंगलबार उनको भेट बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भएको छ।

नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए।समाराेहमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिति थियो। अतिथि बनेर मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन्। प्राप्त तस्बिरमा प्रधानमन्त्री सुनक र मनीषालाई क्याजुअलरुपमा गफगाफ गरेको देख्न सकिन्छ।

मनीषा स्वयमले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्बिर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन्। प्रधानमन्त्री सुनाकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ।

अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन्। समारोहमा उपस्थित धेरैजसाले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया