Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ । इपिएस शाखाका निर्देशक मैयाँ कँडेलले एचआरडीको आग्रह अनुसार सन् २०२५ देखि माग सङ्ख्याको तीन गुणा मात्रै आवेदन सङ्कलन गरिने बताए । माग सङ्ख्याको तीन गुणा बढी आवेदन परेसँगै ‘अटोमेटिक’ रूपमा आवेदन बन्द हुने गरी प्रणाली विकास गरिने पनि उनको भनाई छ ।

आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न आवेदन दिनेको सीमा तोक्नुपर्ने अवस्था आएको निर्देशक कँडेलले बताए । सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र ९सेक्टर० का लागि एकै पटक आवेदन आह्वान गरिने छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन् । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ ।

जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । इपिएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने बित्तिकै आवेदकको सङ्ख्या घट्ने जनाएको छ ।

इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । जसमा पहिलो चरणको परीक्षा सम्पन्न भएको छ । दोस्रो चरणको परीक्षा यही वैशाख ३१ गतेदेखि सञ्चालन गरिने सो शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया