Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल आइएनसीबीच साझेदारी सम्झौता भएको छ । विश्वका विभिन्न देशहरूमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरूलाई अन्तर देशीय विप्रेषण सञ्जालमा जोडने गरि साझेदारी सम्झौता भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्झौतासँगै जेएमईले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहक सदस्यहरूलाई जापानबाट विश्वका विभिन्न देशहरूमा पैसा पठाउन सहजता प्रदान गरेको छ ।साथै आफ्ना ग्राहक सदस्यहरूलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरि सो एपबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था तथा आफूले पठाउने पैसा भुक्तानी गर्नको लागि LAWSON CARD को व्यवस्थालगायत ग्राहक सन्तुष्टिको लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवाहरूसहित आफ्नो स्तर वृद्धि गरेको हो ।

अब, जेएमई मोबाइल एप रजिष्ट्रर गरि सो एपबाट आफूले चाहेको जुनसुकै देशमा चौबिसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्था सहित सेवा शुल्क विना नै पैसा पठाउन सकिने, POINTS प्रयोग गरि सेवा शुल्क घटाउन सकिने विशेषताहरू थप गरेको छ ।

जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड लि. दर्ता नं. ००००६ (Japan Money Express Company Ltd.  Reg. No. 00006) ‘JME’ जापानमा रहेका नेपालीहरूद्वारा सञ्चालन गरिएको पहिलो विप्रेषण (Remittance) कम्पनी हो । जसले विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनि एक्सप्रेस (Japan Money Express ‘JME’) ले मनिग्राम इन्टरनेश्नल आइएनसी (MoneyGram International, Inc. ://www.moneygram.com) लगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा विप्रेषण कम्पनीहरुसँग रेमिटेन्स सम्बन्धी कार्य गर्दै आइरहेको छ । जसले गर्दा विश्वका १२ देशहरू (नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।

तपाईको प्रतिक्रिया