Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि बैंकको ऋण तिर्ने घोषणा गरेका हुन् ।

गृहजिल्ला झापाबाट काठमाडौँ फर्किनेक्रममा आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भने, ‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

प्रसाईले राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए । ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु ।’

अभियन्ता दुर्गा प्रसाईंले तस्करहरुको फोटो सार्वजनिक गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रम नरोकिने बताएका छन् । गृहमन्त्री रवि लामिछानेले फोटो सार्वजनिक नगर्न दबाब दिएको खुलासा गर्दै उनले सो भनाई राखेका हुन् ।

उनले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनु भएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको । यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया