Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सैँ घन्टा खुला गर्ने तयारी गरेको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैँ घन्टा खुलाउनका तयारी गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख) भित्रै खुला हुन्छ’, बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’

सुरक्षाको मापदण्ड बनाइ सुरक्षाकर्मीको थप गर्ने तयारी भइरहेको बस्नेतको भनाइ छ । रातभर खुला गर्ने चाहने व्यवसायीले २४ घण्टै व्यवसाय गर्न सक्ने उनले बताए । ‘सरकारको काम व्यवसायीलाई सुरक्षा प्रदान गर्ने हो,’ उनले अगाडि थपे,’ यसका लागि हामीले मापदण्ड बनाउँछौ ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले सरकारले २४ घण्टा खुलाउने निर्णयलाई स्वागत गर्न चाहेको बताए । पर्यटकीय क्षेत्रमा व्यवसायीले अब भने सहज ढंगले व्यवसाय गर्न पाउने उनले बताए । ‘यसमा सरोकारवाला निकायले निश्चित मापदण्ड बनाउनुपर्छ,’ उनले भने,’ व्यवसायीले निश्चित समयसम्म खुला गर्थे भने अब भने त्यसको सीमा सकिएको छ ।’

मुख्य कुरा सरकारले व्यवसायीको सुरक्षामा ध्यान दिनुपर्ने उनले धारणा राखे । सुरक्षाको प्रत्याभूति भएमा रात्रिकालीन व्यवसाय गर्नलाई सहज हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया