Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ जापान (बीओजे)ले मंगलबार प्रमुख ब्याजदर माइनस शून्य दशमलव १ प्रतिशतबाट बढाएर शून्य प्रतिशतदेखि शून्य दशमलव १ प्रतिशतको बीचमा उकालेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उपभोक्ता मूल्यमा आधारित महँगी बढिरहँदा देशभरमा धमाधम तलब वृद्धि भइरहेका बेला ब्याजदर पनि वृद्धि गरिएको हो । सन् २०१६ मा बैंकले स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ऋणात्मक ब्याजदर हुने जापान विश्वको एक मात्रै देश थियो । अब कुनै पनि देशमा ब्याजदर ऋणात्मक स्तरमा छैन ।

बीओजेले प्रतिफल वक्र नियन्त्रण (वाईसीसी)को नीति पनि त्यागेको छ । यसमा ब्याजदर नियन्त्रण गर्न बीओजेले जापान सरकारले जारी गर्ने ऋणपत्र किन्ने गरेको थियो । यो नीति सन् २०१६ देखि लागू भएको थियो ।

गएको वर्षको अप्रिलमा काजुओ उएदा बीओजे गभर्नर बनेयता नै ब्याजदर बढ्ने अनुमान बढेको थियो । उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यमा आएकै बेलामा ब्याजदर वृद्धिको खबर आएको हो । यो महिनाको सुरुमा जापानका ठुला कम्पनीहरूले ५ दशमलव २८ प्रतिशतले कर्मचारीका तलब बढाउन सहमति गरेका थिए । यो वृद्धि तीन दशकभन्दा बढी समययताकै धेरै थियो ।

ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरुले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।

तपाईको प्रतिक्रिया