Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – पोखराको आकाशमा पर्यटकलाई सयर गराउँदै अएको हट एयर बेलुनलाई हालको भन्दा तीनगुणा बढी उचाईमा उडान अनुमति दिइएको छ । यसअघि पोखरामा जमिनको सतहदेखि ३ हजार फिटमाथिसम्म मात्र उडान गर्ने अनुमति पाएकोमा अब भने ९ हजार फिटसम्म हट एयर बेलुनले उडान गर्न सक्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । पहिला ३ हजार फिटसम्म मात्र उडान अनुमति रहेकोमा पछिल्लो पटक ९ हजार फिटसम्म उड्न अनुमति पाएको बाडेले बताए । ‘पहिले भन्दा तीनगुणा बढी उचाईबाट पोखरा र आसपासका दृष्य नियाल्न पाइनेछ,’ बाडेले भने, ‘यसले पर्यटकलाई अझै बढी रोमाञ्चकता थप्नेछ । ९ हजार फिटबाट पोखरा आसपासका दृष्य नियाल्न पाउँदा उच्च हिमाली श्रृंखला अवलोकन गर्न सहज हुनेछ ।’

बेलुन नेपालले अबको तीनमहिनाभित्र स्काई डाइभ पनि गर्न मिल्ने गरि उचाई बढाउनका लागि सरकारसँग अनुमति माग गरेको थियो । ‘बेलुनबाट स्काई डाइभ गर्नका लागि प्रक्रिया अघि बढाएका थियौ । पर्यटन मन्त्रालयले स्वीकृत दिएको छ । अब केही प्रक्रिया पुरा गरेर तीनमहिनापछि बेलुनबाट पनि स्काई डाइभ सुरु हुनेछ,’ उनले भने ।

थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बाडेले बताए । पोखराको फेवातालको सिरान क्षेत्रमा पर्ने लौरुकदेखि चंखपुर क्षेत्रमा यसले उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग समन्वय गरेर उडान अनुमति प्रदान गरिएको पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोललाई उद्द्धृत गर्दै कम्पनिले बताएको छ ।

उडानस्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति पाएको बाडेले बताए। तातो हावाले भरिएको बेलुनमा बसेर हावामा मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हटएयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हटएयर बेलुन साहसिक पर्यटकीय प्रडक्टका रुपमा पहिचान कमाएको छ । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ। बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया