Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, नरेन साउदले ३९, कप्तान राजु रिजालले १९ तथा नारायण जोशीले १७ रनको योगदान दिए । पुलिसका राशिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले एक–एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुनिल धमलाले ४२ तथा अर्जुन साउदले २० रन जोडे । सुदूरपश्चिमका विकाश आग्रीले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए । आजको नतिजासँगै समूह सीबाट नेपाल पुलिस क्लबले नेटरन रेटका आधारमा सेमिफाइनलको यात्रा तय गरेको छ भने मधेश र सुदूरपश्चिम प्रदेश प्रतियोगिता होडबाट बाहिरिएका छन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया