Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देशविदेशमा समेत बढेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ। अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिए । उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन् । उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन् ।

सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीको छ । बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट दुर्गम भेगका स्थानीयको अल्लो व्यवसायबाट जीविकोपार्जनको प्रमुख स्रोत भएको उनको भनाइ छ ।

जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो । संखुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरुप लगिदिने चलन छ ।

जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिकरूपमा सञ्चालनमा छन् । अल्लो खेती २०४६ देखि व्यावसायिकरूपमा गर्न थालिएको हो । स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ  । पछिल्लो समयमा स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा देश विदेशका सङ्घसंस्थाबाट सहयोग र प्रवर्द्धनका कार्यक्रमले तीव्र विकासमा सहयोग पुगेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट सङ्कलन गरेर पकाउँदै धागो बनाइन्छ।

यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजा र हुँदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ । अल्लोको कोट तीन हजार, टोपी रु पाँच सय, सल रु सात सय, स्याण्डल रु पाँच सय, स्टकोट रु एक हजार पाँच सयमा बिक्री हुन्छ । मफलर, पर्स, चश्मा, ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ। यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ । गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगरबाट काठमाडौँसम्मका डिपार्टमेन्टल, मिनी सुपर मार्केटमा पर्याप्त पाइन्छ । -रासस

तपाईको प्रतिक्रिया