Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले लज्जास्पद हार ब्यहोरेको छ । जर्मनी जापानसँग ४-१ ले स्तब्ध भएको हो । जापानसँग जर्मनी फराकिलो हारको सिकार भएसँगै प्रशिक्षक हान्सी फ्लिकमाथि ठूलो दबाब परेको छ। पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिरहेको जर्मनी पछिल्ला ६ खेलमा केवल १ खेलमा मात्र जित निकाल्न सफल भएको छ। घरेलु टोली विरुद्ध खेलको ११ औं मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए। बार्यन म्युनिखका स्ट्राइकर लिरोय सानेले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। तर आयसी विडाले पहिलो हाफमा नै जापानलाई अग्रता दिलाउने क्रममा २२ औं मिनेटमा गोल गरेका थिए।

खेलको अन्तिम मिनेटमा टाकुमा आसानोले तेस्रो गोल गर्दा इन्जुरी समया जर्मनी विरुद्ध एओ टनाकाले चौंथो गोल गरेपछि जर्मनी ४-१ ले स्तब्ध बन्यो। जर्मनीको यो पछिल्ला ५ खेलमा चौंथो हार हो। २०२० मा नेसन लिगमा स्पेनसँग ६-० ले पराजित भएपछिको यो जर्मनीको यो सर्वाधिक फराकिलो हार हो।

पूर्व बार्यन म्युनिख प्रशिक्षक फ्लिकले जर्मनी टिमलाई सम्हालेपछि २५ खेलमा १२ मा जित निकालेका छन्। उनले २०२१ को अगस्टमा जोसिम लोको स्थानमा जर्मनीको राष्ट्रिय टिम सम्हालेका हुन्। त्यसो त जर्मनी जापानसँग २०२२ को विश्वकपमा पनि २-१ ले पराजित भएको थियो।२०२४ को युरो आयोजक जर्मनी लगातारको खराब लयसँगै पूर्ण रूपमा दबाबमा छ। उसले अब मंगलबार २०२२ को विश्व उपविजेता फ्रान्ससँग मंगलबार प्रतिस्पर्धा गर्दै छ। त्यस्तै, अन्य मैत्रीपूर्ण खेलमा चीन मलेसियासँग १-१ गोलको बराबरीमा रोकिँदा दक्षिण अफ्रिका र नामिबियाले गोलरहित बराबरी खेले। त्यस्तै, अमेरिकाले उज्वेकिस्तानलाई ३-० ले पराजित गर्‍याे।

 

तपाईको प्रतिक्रिया