Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – कलाकार दीपकराज गिरीले एकले अर्कोलाई राष्ट्रघाती भन्ने अर्कोले अर्कोलाई तानाशाह भन्ने कुरा भिडन्तको सङ्केत भएको र यसले अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर, मुद्दा अन्तै मोडिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस पोस्ट गर्दै उनले भनेका छन्, ‘अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ । अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौँ।’

‘पहिला हाम्रा पुर्खा राष्ट्रको लागि विदेशीसँग लडे ! अब हामी राष्ट्रियताको नाममा आफू आफू लड्ने छौ ! यसबाट जुन पक्षले जिते पनि देशले चाहि हार्नेछ,’ कलाकार गिरीले भनेका छन् । स्ट्याटसमा कलाकार गिरीले दलहरूले जनअपेक्षा विपरीत काम गरेको, देशमा परिवर्तन अनेक भए पनि जनताको अवस्थामा खासै केही परिवर्तन नआएको समेत उल्लेख गरेका छन् ।

‘धनी हरेक दिन धनी बन्दै गए, गरिब झन् झन् गरिब, पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने, तर भुईँ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो !’, गिरी अगाडि लेख्छन्, ‘दलहरू र तिनका कार्यकर्ताको तडक भडक शैली ले उनीहरूमा झन् नैराश्यता निम्त्यायो !’

तपाईको प्रतिक्रिया