काठमाडौं – तिलकसिंह पेलाको स्वरमा रहेको ‘हेर दिन ढल्यो’ बोलको गीत ट्रेन्डिङमा पर्न सफल भएको छ । सो गीत शुक्रबार गायक पेलाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कृष्णसिंह पेलाको शब्द रहेको गीतमा गायक तिलकले नै संगीत भरेका छन् । गीतमा रिदम कँडेलको संगीत संयोजन छ । सार्वजनिक भएको तेस्रो दिनमै गीत युट्युबको ट्रेन्डिङमा परेको हो । गीत नेपाली म्युजिकको २० औँ स्थानमा उक्लिसकेको छ ।
समाचार तयार पार्दासम्म गीत १ लाख १२ हजारभन्दा बढीले हेरिसकेका छन् । यसअघि उनको ‘के लत बस्यो’ बोलको गीत निकै चर्चित छ ।








